काठमाडौं । अर्थमन्त्रालयभित्रै करिब ३४ भन्दा बढी उपसचिव कार्यरत छन् । ती उपसचिवहरुलाई आवश्यकता अनुसार अर्थमन्त्रालयको प्रशासनिक नेतृत्व गरेका मधुकुमार मरासिनीले कामको जिम्मेवारी दिने गर्दछन् । ३५ उपसचिवप्रति नै सचिवको दृष्टिमा बराबर हुन् । तर अर्थमन्त्रालयका सचिव मरासिनीको दृष्टिमा एकमात्र उपसचिव सबै जिम्मेवारीका लागि योग्य देखिएका छन् । मरासिनीले तिनै उपसचिवलाई खातमाथि खात जिम्मेवारी दिएका छन् ।
अर्थसचिव मरासिनीले त्यसरी सबै जिम्मेवारी दिएका उपसचिव हुन्–कमानसिंह थापामगर । थापामगर कर्मचारी प्रशासन शाखाका प्रमुख हुन् । तर उनलाई अर्थसचिवले यति धेरै जिम्मेवारी दिएका छन् कि उनलाई ती निकायको जिम्मेवारी लिन भ्याइनभ्याई छ । फेरि अर्थसचिव मरासिनीले विदेश भ्रमणमा पनि उनलाई नै प्राथमिकतामा राख्दैआएका छन् ।
अर्थमन्त्री बर्षमान पुनले मन्त्रालय सम्हालेको मुस्किलले ४ महिना पनि पुगेको छैन, तर उपसचिव थापा ३ पटक विदेश भ्रमणमा गइसकेका छन् । बजेट महाशाखाको ४४ सदस्यीय जम्बो टोलीको बिदेश सयरमा पनि उनको नाम छ ।
माओवादी शासनमा सबैभन्दा बढी लाभ लिने कर्मचारीभित्र गनिन्छन् उपसचिव थापामगर । उनी यसअघि अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदा कर्मचारी प्रशासन शाखाको प्रमुख थिए । कर्मचारी प्रशासन शाखामा उनलाई दररेट अनुसार सरुवा गर्नकै लागि मोदीले राखेका थिए । मोदीको बहिर्गमनसँगै सामान्यबाट बाहिरिएका थापामगर बर्षमान पुन अर्थमन्त्री हुनासाथ अर्थको कर्मचारी प्रशासन शाखाको जिम्मेवारीमा पुगे । अर्थको कर्मचारी प्रशासन शाखामै उनलाई भ्याई नभ्याई छ । अरु शाखाका उपसचिवभन्दा कर्मचारी प्रशासन शाखाका उपसचिव बढी ब्यस्त हुन्छन् ।
अर्थमन्त्रालयमा सरुवा हुनासाथ उपसचिव थापालाई सचिव मरासिनीले विशाल बजार कम्पनीको कार्यकारी प्रमुख(सीईओ)को जिम्मेवारी दिएका छन् । जबकि बिशाल बजार कम्पनीको सीईओ अर्थमन्त्रालयको प्रतिनिधि हुन नियमतः मिल्दैन । बिशाल बजार कम्पनीमा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको २ अर्ब सेयर छ ।
महालेखा नियन्त्रक कार्यालयको १ अर्ब सेयर छ भने अर्थमन्त्रालयको ९६ करोडमात्र छ । तर ९६ करोड सेयर भएको अर्थमन्त्रालयका उपसचिव थापामगर बिशालबजार कम्पनीको सीईओ छन् ।
बिशाल बजार कम्पनीको सीईओका अलावा थापामगर कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंक, राष्ट्रिय वीमा कम्पनी जीवन र निर्जीवन दुवै, स्टक एक्सचेन्ज लगायत ६ वटा भन्दा बढी संस्थान र बैंकको पदपूर्ति समितिका सदस्य छन् । यी जिम्मेवारी अर्थका अरु उपसचिवलाई नदिई थापालाई मात्र खातमाथि खात दिने काम सचिव मरासिनीले गरेका छन् । माओवादीनिकट भएकै कारण उनलाई सचिव मरासिनीले यति धेरै जिम्मेवारी दिएर उनी देशका होइन, माओवादीका कार्यालय सचिव जस्तो भूमिकामा देखिएका छन् ।
त्यसो त सचिव मरासिनीले विगतमा जनार्दन शर्मा अर्थमन्त्री हुँदा पनि तत्कालीन उपसचिव (हाल प्रधानमन्त्री पुष्पकमल दाहालका निजी सचिव) अर्जुन भण्डारीलाई यस्तै खातमाथि खात जिम्मेवारी दिएका थिए । माओवादी शासनमा रजाई गर्नेमा ३–४ कर्मचारीमा पर्ने प्रधानमन्त्री प्रचण्डका निजी सचिव अर्जुन भण्डारी पर्दछन् । जनार्दनले अर्थमन्त्री हुँदा वीमा कम्पनीको सीइओ नियुक्तिमा भण्डारीमार्फत् चरम हस्तक्षेप गरेका थिए ।
अर्थमन्त्रालयमा त्यो बेला थुप्रै उपसचिव हुँदाहुँदै भण्डारीलाई सबै विभाग र कम्पनीको बोर्ड सदस्य, पदूपूर्ति समितिको सदस्यमा राखिएको थियो । मन्त्री शर्माले उपसचिव अर्जुन भण्डारीलाई खातमाथि खात जिम्मेवारी दिएर मात्र नपुगी निक्षेप तथा कर्जा सुरक्षण निगमको प्रमुख कार्यकारी अधिकृत बनाएका थिए ।
निगमको कार्यकारी अधिकृतका लागि मागेको आवेदन रद्द गरी उनलाई नियुक्त गरेका थिए । मासिक ४ लाख तलव सुविधा पाउने निगममा मन्त्री शर्माले भण्डारीलाई नियुक्ति गरेका थिए । नियम कानुन सबै मिचेर उनलाई निगममा नियुक्ति गरिएको थियो ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend