Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय संकटमा प्राइभेट अस्पताल किन गैरजिम्मेवार ? 


    बुधबार, चैत्र १२ २०७६
    1.4K
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं, १२ चैत । नेपालमा कोरोना भाइरस संक्रमण २ जनामा देखिएकोमा एक जना निको भइसकेको जानकारी सरकारले दिएको छ । चैत ४ मा कतारको दोहाबाट काठमाडौं आएर ६ दिनपछि जनस्वास्थ्य प्रयोगशाला टेकूमा गएकी एक युवतीमा पनि कोरोना देखिएपछि आइसोलेसनमा राखिएको छ ।

     कोरोना भाइरस चीनबाट सुरु भएर यूरोपका स्पेन, इटाली, बेलायत, जर्मनी जस्ता देशमा भयावह रुप लिइसकेको छ । अमेरिकामा डढेलोसरी फैलिइरहेको छ । कोरोनाको महामारीले स्रोत साधन सम्पन्न यी देशमा पनि अस्पताल अपुग भएका छन् । 

    भारतमा पनि कोरोनाको प्रकोप फैलिन थालेपछि मंगलबार रातिदेखि सरकारले तीन साता देश लकडाउन घोषणा गरेको छ । कोरोना भाइरसबाट नेपाल अहिलेसम्म सुरक्षित रहे पनि अन्तर्राष्ट्रिय उडानबाट आएका र भारतबाट फर्किनेको लर्कोले संक्रमण हुने त्रास बढेको छ । कोरोना भाइरसको शंका लागे कहाँ जाने, के गर्ने, सरकारी अस्पतालमा मात्र कोरोनाको जाँच हुन्छ कि प्राइभेट अस्पतालमा पनि हुन्छ भन्ने आशंका घरमै बसिरहेका नेपालीमा छ । 

    प्राइभेट अस्पतालले ज्वरो आएर गएका बिरामीको समेत परीक्षण नगरेपछि नागरिकहरु थप त्रसित भएका छन् । प्राइभेट अस्पतालले यो महामारीमा पनि ब्यापारिक स्वार्थलाई मात्र केन्द्रबिन्दुमा राखेका छन् । ग्रान्डी, किष्ट र अल्का अस्पतालले ज्वरो आएर गएका बिरामीको समेत जाँच नगरेर गैरजिम्मेवारी प्रकट गरेका छन् । यस्ता अस्पतालहरुलाई सरकारले अनुमति पत्र खारेज गरी जफत गरी बिरामी जाँचको ब्यवस्था गर्नृुपर्छ । सरकारले स्कुल, कलेज, होटललाई त आवश्यकता परे क्वारेन्टाइन बनाउने घोषणा गरेको राष्ट्रिय संकटको बेलामा ब्यापारीक स्वार्थ राख्ने यस्ता अस्पताललाई सरकारले स्पष्टीकरण सोधेर मात्र हुँदैन, कारबाही नै गर्नुपर्ने आवाज उठेको छ ।

    सरकारले प्राइभेट अस्पतालहरुलाई नियमन गरीे निम्न आशंकाहरु तुरुन्त निवारण गर्नेगरी नागरिकलाई आश्वस्त पार्नुपर्ने देखिन्छः

    १ कोरोनाको शंका लागे कहाँ जाने ? के सबै सरकारी र निजी अस्पतालले जाँच गर्छन् ?

    २. कोरोनाको शंका लागेको व्यक्तिलाई जाँच्दा डाक्टरसँग के किटाणु प्रतिरोधक पोशाक उपलब्ध छ ? यदि छैन भने डाक्टरले बिरामी कसरी जाँच गर्न संभव छ ?

    ३. बिरामी जाच्दा डाक्टरलाई कोरोनाको शंका लागे तुरुन्त आइसोलेसनमा राख्ने व्यवस्था कुन अस्पतालमा छ ?

    ४. कोरोनाका बिमारी अस्पतालमा राख्दा अरु बिरामीको सुरक्षा कसरी गरिएको छ ?

    ५. आइसोलेसनमा राखेको बिरामीका लागि औषधि कसले दिन्छ ?

    ६. कोरोनाका बिरामीले विगतमा कोसँग सम्पर्क गरेको थियो भन्ने खोजखबर कसले गर्छ ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार