Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतबाट फर्किएको १० दिनमा मृत्युु 


    बुधबार, चैत्र १२ २०७६
    850
    Shares
  • २ मिनेट पाठ
  • गुल्मी, १२ चैत – भारतबाट १० दिन अगाडी नेपाल आएका ६३ बर्षीय केयरसिंहको मृत्यु भएको छ । मालिका गाउँपालिका वडा नम्वर–७, साविक घमिर गाविस वेदथलाका केयरसिंह दमको पीडित रहेको वडाध्यक्ष वेदप्रसाद पन्थीले बताए ।

     उनले भने, 'उनी कोरोना संक्रमित नभई दमको विरामी थियो । उनको मृत्युको कारण दम हो । उनमा कोरोनाको लक्षण देखा परेको छैन ।'

    ‘उनलाई कोराना भाइरसको संक्रमण नभएको र ज्वरो समेत नआएकाले उनको दमको व्यथाले नै मृत्यु भएको वडाध्यक्ष पन्थीले जानकारी दिएका छन्। उनका अनुसार त्यस वडामा यति बेला भारतबाट २० देखि २५ जनाको संख्यामा वडावासीहरु घर आएका छन् ।

    तेश्रो मुलकबाट त्यस वडामा एक जना मात्रै घर आएका छन् । वडाध्यक्ष पन्थीका अनुसार घर आएका मध्ये कसैले पनि सेल्फ क्वारेन्टाईनमा बस्न नमानेको वडाध्यक्ष पन्थीको भनाई छ ।

    मालिका गाउँपालिका प्रबक्ता तथा वडा नम्वर ६ का वडाध्यक्ष शोभाखर गिरिले घमिरको भिरवारीको एउटा टोलामा मात्रै  ५ जना  भारतबाट आएका छन् ।  बाहिरबाट आउनेहरुलाई  राख्ने ब्यवस्था गर्न आइसोलेनका लागि बेडहरु नभएर समस्या आएको बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार