विराटनगर, ११ चैत । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम गर्नका लागि प्रदेश १ सरकारले १० करोड रुपैयाँको कोष खडा गर्ने निर्णय गरेको छ ।
प्रदेश नम्बर १ को मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना जनसुरक्षा कोष खडा गर्नुका साथै उक्त कोषमा प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा गरेको छ ।
उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्री र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कोरोना इन्फरमेसन डेस्क स्थापना गर्ने निर्णय भएको छ । साथै सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरको कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन इन्फरमेशन डेस्कमा कोरोना सम्बन्धी सूचनाहरु उपलब्ध गराउने छन् ।