Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले भने: राजनीतिले लय समात्यो,अब युद्धस्तरमा काम गर्छौं


    मंगलबार, चैत्र ७ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार विश्वासको मत प्राप्त भएपछि राजनीतिक वातावरण बनेको बताएका छन्। आज मंगलबार गोरखा २ को पन्थडिही कटहरे हर्मी साहिलटार सडक आयोजनाको शिलान्यास गर्दै प्रचण्डले राजनीतिले लय समातेको दावी गरेका हुन्।

    उनले दुवै तहको सरकार पुनर्गठन भएपछि विकास निर्माणको कामले गति लिने विश्वास व्यक्त गरे ।

    ‘हिजो विश्वासको मत प्राप्त भएपछि एउटा राजनीतिक वातावरण बनेको छ,एउटा लय पक्रिएको छ । अब सरकारलाई पूर्णदिने प्रक्रियामा छौं,’उनले भने, ‘प्रदेश सरकार पुनर्गठन गर्ने, प्रदेशमा आलोपालो प्रणालीमा सरकारलाई पूर्णता दिने र त्यसबाट पनि थप विकास निर्माणको काम अघि बढाउने योजनामा छौं। संघ,प्रदेश र स्थानीय सरकारबीच विकास निर्माण र समन्वयका लागि बृहत्तर बैठकको आयोजना गर्ने तयारीमा छौँ ।’

    केही राजनीतिक घुम्ती पार गरेर सोमबार मात्रै नयाँ राजनीतिक समिकरण बनेको बताउँदै उनले नेपाली कांग्रेससहितका दलको विश्वासको मत दिएका दलहरूसँग सरकारलाई पूर्णता दिने विषयमा छलफल सुरु भइसकेको जिकिर गरे।

    अबको जिम्मेवारी देशलाई सुशासन,सामाजिक न्याय,समृद्धिको नयाँ अभियानतिर लैजाने रहेको र त्यसको नेतृत्व गर्ने अवसर आफूलाई प्राप्त भएको प्रचण्डले बताए । ‘छिटोभन्दा छिटो सेवा दिएर जनताको विश्वास जित्ने शंकल्प लिएका छौँ,’उनले भने ।

    विश्वासको मत पाएको भोलिपल्टै गोरखा आएर सडक शिलान्यास गर्ने अवसर मिलेको भन्दै उनले खुसी व्यक्ति गरे। उनले २०.३४६ किलोमिटर लामो पन्थडिही कटहरे साहिलटार सडक कालोपत्रे गर्ने कामको शिलान्यास गरेका हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार