Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादीले बनायो कार्यदल, सरकारमा जाने तयारी


    मंगलबार, चैत्र ७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एकीकृत समाजवादीले तीन नेताको कार्यदल बनाएको छ। सरकार गठनको समग्र प्रक्रियामा गृहकार्य गर्न एकीकृत समाजवादीले तीन नेताको कार्यदल बनाएको पार्टीका एक नेताले बताए ।

    आज मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेको कार्यदल बनाएको हो ।

    उपमहासचिव जगन्नाथ खतिवडाका अनुसार कुन नीति तथा कार्यक्रम र कुन हिस्सेदारीमा सरकारमा जाने भनेर छलफल भएको थियो ।

    कार्यदलले गठबन्धनका अरु दलहरुसँग छलफल गर्नेदेखि आफ्नो दलको तर्फबाट को को सरकारमा जाने भनेर छलफल गर्ने खतिवडाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार