Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा विराटनगरमा तनाव, हवाइ फायर, चार प्रदर्शनकारी पक्राउ


    आइतबार, चैत्र ५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • मोरङ। मोरङको विराटनगरमा अहिले प्रदेशको नाम कोशी राखेको विरोधमा चर्को प्रदर्शन भइरहेको छ। प्रदेशको नाम पहिचानका आधारमा राख्नुपर्ने माग गर्दै निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

    कोशी प्रदेशको नाम पुन: नामकरण गर्नुपर्ने माग गर्दै संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीले भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।

    यता प्रदर्शनकारीको अर्को टोली प्रदेशसभा अगाडि प्रदर्शन गरिरहेका छन् ।

    प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसयता पहिचानको आधारमा पुन: नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार