Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल


    आइतबार, चैत्र ५ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एकीकृत समाजवादीको महासचिवमा घनश्याम भूसाल चयन भएका छन् ।

    आज आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले भूसाललाई महासचिव निर्वाचित गरेको हो । हालसम्म महासचिव रहेका बेदुराम भूसाललाई भने उपाध्यक्ष मनोनीत गरिएको छ ।

    गत ४ मंसिरको प्रतिनिधिसभा सदस्य निर्वाचनअघि घनश्याम भूसाल गत २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । त्यतिबेला उनी सचिवालय सदस्य बनेका थिए ।

    यस्तै उपाध्यक्षहरु घनेन्द्र बस्नेत, केदार न्यौपाने, धर्मनाथ साह र केशवलाल श्रेष्ठलाई केन्द्रीय सचिवालय सदस्यमा मनोनीत गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार