Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु


    शुक्रबार, चैत्र ३ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। मुलुकको तेस्रो उपराष्ट्रपति पदको निर्वाचनका लागि आज भएको मतदान सम्पन्न भएसँगै उक्त निर्वाचनको मतगणना सुरु भएको छ ।

    नयाँ उपराष्ट्रपतिको निर्वाचनका लागि आज शुक्रबार भएको मतदान सकिएको केही समय पछि नयाँ बानेश्वरस्थित संसद् भवनमा नै मतगणना सुरु भएको हो ।

    बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म सकिएको थियो । मतगणनापछि शुक्रबार नै उपराष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

    मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८२९ जनाले मतदान गरे । संघीय संसदका ३३४ जनामध्ये ३११ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ५५० जनामध्ये ५१८ जनाले मतदान गरेका छन् । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदका २१ जना अनुपस्थित भएका थिए ।

    यस्तै, उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार