काठमाडौं। आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार घटेको छ । आज बजार परिसूचक नेप्से ५.३२ अंकले गिरावट हुँदा १९३३.३१ अंकमा बन्द भएको छ ।
लगानी, व्यापार, अन्य र हाइड्रोपावर उपसूचकमा बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो । बिहीबार व्यापार उपसूचक सर्वाधिक १.४१ प्रतिशतले वृद्धि हुँदा लगानी उपसूचक ०.३५ प्रतिशत र अन्य उपसूचक ०.१२ प्रतिशतले वृद्धि भएको छ । यता होटल तथा पर्यटन उपसूचक १.१४ प्रतिशत र लघुवित्त उपसूचक ०.९० प्रतिशतले गिरावट भएको छ ।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । बुधबार १ अर्ब २० करोडको कारेबार भएको थियो । बिहीबार २६ हजार ३७५ वटा कारोबारमा ३४ लाख २ हजार २६७ कित्ता सूचीकृत धितोपत्र कारोबार हुँदा १ अर्ब १४ करोड १५ लाखको कारोबार भएको छ ।
जसमध्ये एनआईशी एशिया बैंकको सर्वाधिक ४ करोड ९४ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ९७ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ८३ लाखको कारोबार भएको छ । बिहीबार कुल २१४ कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये ११९ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९२ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ । यस्तै ३ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।
आज कारोबार भएकामध्ये युनिक नेपाल लघुवित्त र शुभम् पावरको सेयरमूल्य १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा लिवर्टी इनर्जीको सेयरमूल्य ४.९८ प्रतिशतले बढेको छ ।
लक्ष्मी लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.७६ प्रतिशतले गिरावट हुँदा नयाँ सारथी लघुवित्तको सेयरमूल्य ४.८० प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य ४.७४ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend