Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यतीको विमान दुर्घटना : आयोगको म्याद ४५ दिन थपियो


    बुधबार, चैत्र १ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले यती एयरको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको छ । सरकारले यती एयरलाइन्सको विमान दुर्घटनासम्बन्धी जाँच आयोगको म्याद थपेको हो ।

    मंगलबार मन्त्रिपरिषद्को बसेको बैठकको निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले आयोगको म्याद ४५ दिन थप्ने निर्णय गरेको जानकारी दिइन् ।

    गत माघ १ गते त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त हुँदा ७२ जनाले ज्यान गुमाएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार