एजेन्सी। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न लाहौरस्थित उनको निवासमा पुगेको प्रहरी र पार्टीका समर्थकबीच निवास बाहिर झडप भएको छ।
उक्त झडपका क्रममा थुप्रै मानिस घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्। खानका समर्थकलाई तितरवितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। साथै खानका समर्थकले पनि प्रहरीमाथि इंट्टा र ढुङ्गा प्रहार गरेका थिए।
आफ्ना नेतालाई गिरफ्तार गर्न नदिने समर्थकहरुको अडानका कारण मंगलबार साँझदेखि सुरु भएको तनावपूर्णस्थिति १२ घण्टाभन्दा बढी समय बितिसक्दा पनि जारी रहेकोछ ।
यसैबीच आज बिहानै चार बजेर २० मिनेटमा खानले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूलाई गिरफ्तार गर्ने थप प्रयास जारी रहेको बताएका छन्। भिडियो सन्देशमार्फत सम्बोधन गर्दै खानले मंगलबारको अवस्थालाई भारतले अवैधानिक रुपमा कब्जामा लिएको जम्मु कश्मिरको स्थिति सरह भएको बताएका छन्।
इस्लामाबाद प्रहरीले १० दिनअघि पनि खानलाई गिरफ्तार गर्ने असफल प्रयास गरेको थियो। खानविरुद्धको तोसखाना सम्बन्धी मुद्दामा इस्लामाबाद जिल्ला अदालते गैर जमानती वारेन्ट जारी गरेको छ। सुनुवाइका लागि बारम्बार अनुपस्थित भएपछि अदालतले यस्तो वारेन्ट जारी गरेको हो।
खानले भने त्यसविरुद्ध उच्च अदालतमा अपिल गरेका छन् भने सो अपिलमाथि आज सुनुवाइ हुँदैछ। खानमाथि उनी प्रधानमन्त्री हुँदा विदेशी सरकारबाट प्राप्त उपहारहरु सरकारी कोष (तोसखाना) मा नबुझाई महंगो मूल्यमा बिक्री गरेको आरोप लगाइएको छ।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend