काठमाडौं। भरूवा बन्दुक पड्किँदा सल्यानमा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुका बनगाड नगरपालिका–९ स्वाराका ४० वर्षीय आईते रावतले बोकेको भरुवा बन्दुक पड्किँदा उनका भतिजा १६ वर्षीय चित्रबहादुर रावतको ज्यान गरेको हो।
काका–भतिजा सोमबार बेलुका सिकार खेल्न भनेर भरुवा बन्दुकसहित नजिकैको बाहुनडाँडा जंगलमा गएका थिए।
आईते रावतले बोकेको उक्त बन्दुक पड्किँदा चित्रबहादुरको पेट र घाँटीमा गोली लागेको थियो।जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार अन्दाजी ५ बजेतिर उक्त घटना भएको थियो।
उक्त घटना लगत्तै चित्रबहादुरलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको थियो।
उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमा ओरघाट भन्ने ठाउँमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले जानकारी दिए।‘घटना भएपछि अस्पताल लिन खोज्दा बाटोमै मृत्यु भएको रहेछ, मृत्यु भएपछि पुनः घरमै फर्काइएको थियो,’ खनालले भने, ‘प्रहरीलाई भने धेरै पछि राति खबर आएको हो।’
बन्दुक बोकेका काका नाता पर्ने आईते रावतलाई प्रहरीले मंगलबार नियन्त्रणमा लिएको छ।
घटनापछि फरार भएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend