काठमाडौं। आज साताको दोस्रो दिन पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जकाअनुसार सोमबार २४.६८ अंकले घटेर बजार परिसूचक १९५१.२१ को विन्दुमा आइपुगेको छ ।
सोमबार दोस्रो बजारमा कारोबारमा आएका २५६ कम्पनी मध्ये १८७ कम्पनीको सेयर मूल्य घटेको छ भने २४ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । यस्तै पाँच कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन । आज कुल ३३ लाख ६९ हजार १३६ कित्ता सेयर २६ हजार ८५० पटक कारोबार हुँदा कुल कारोबार रकम एक अर्ब १६ करोड २५ लाख रुपैयाँ बाराबर रह्यो ।
आजको दोस्रो बजारमा शुभम् पावर लिमिटेड, युनिक नेपाल लघुवित्त र ग्रिन भेन्चर लिमिटेडका लगानीकर्ता बजारबाट नाफा कमाउनेमा परे भने खप्तड लघुवित्त, आदर्श लघुवित्त र हिमालयन बैंकका लगानीकर्ताले बजारबाट धेरै गुमाए । घटेको बजारमा एनआईसी एशिया बैंकको सेयर सबैभन्दा धेरै ६ करोड २४ लाख रुपैयाँ बाराबर कारोबार भयो भने दोस्रो धेरै कारोबार हुनेमा शिवम् सिमेन्ट रह्यो । कारोबारमा आएका १३ वटै उपसमूह भने राताम्मे भए ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend