काठमाडौं। उद्योगी व्यवसायीहरुले बैंक व्याजदर घटाउन माग गर्दै राष्ट्र बैंकविरुद्ध प्रर्दशन गरेका छन् । बैंक तथा वित्तीय समस्या संघर्ष समितिको आयोजनामा आज सोमबार राष्ट्र बैंक केन्द्रीय कार्यालय बालुवाटार जाने बाटो टंगालमा उद्योगी व्यवसायीहरुले विरोध प्रर्दशन गरेका हुन् ।
उनीहरुले ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न कठिन भएको भन्दै राष्ट्र बैंकको ध्यानाकर्षण गराएका थिए । ब्याजदर महँगो भयो, प्रिमियम दर नियन्त्रण गर्नु पर्ने तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अनावश्यक दुःख दिने कार्य बन्द गरिनु पर्ने जस्ता ब्यानर बोकेर उद्योगी व्यवसायीहरुले सडकमा धर्ना बसेका थिए ।
प्रर्दशनमा मोरङ व्यापार संघ र विभिन्न जिल्ला तथा नगरका व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । उक्त विरोध प्रर्दशनमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अञ्जान श्रेष्ठ समेत सहभागी थिए ।
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ५ हजार रुपैयाँ र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend