Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपराष्ट्रपतिकी उम्मेदवार प्रमिला यादवले उम्मेदवारी फिर्ता लिइन्


    सोमबार, फाल्गुन २९ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। आउँदै गरेको उपरराष्ट्रपति निर्वाचनका लागि जनता समाजवादी पार्टी( जसपा) बाट उम्मेदवारी दिएकी प्रमिला कुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। आगामी चैत्र ३ गते उपराष्ट्रपति चुनाव हुने तय भएको छ।

    गठबन्धनका तर्फबाट साझा उम्मेदवार जसपा, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा प्रतिनिधि सभा सदस्य रामसहाय प्रसाद यादवलाई समर्थन गर्दै यादवले उम्मेदवारी फिर्ता लिएकी हुन्।

    यादव राजनीतिक, आर्थिक र सामाजिक-सांस्कृतिक रुपले समाजको अग्रगामी रुपान्तरण र परिवर्तनको संघर्ष सँगै शोषण, उत्पीडन, असमानता र विभेदका विरुद्ध जनआन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह लगायत लोकतन्त्र बहालिका लागि पटक-पटक भएका विभिन्न आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै उनले आफू पछि हटेको बताइन्।

    उनले एक विज्ञप्ति जारी गर्दै भनेकी छन्, ‘अब उपरान्त म उप-राष्ट्रपति पदको लागि उम्मेदवार नरहेको हुँदा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहनु भएका माननीय रामसहाय प्रसाद यादवलाई आफ्नो अमूल्य मत दिई विजयी गराउनु हुन सम्पूर्ण माननीय सांसद एवम् माननीय प्रदेश सभा सदस्यज्यूहरुसँग हार्दिक अपिल गर्दछु ।’

    त्यसैगरी आगामी चैत्र ३ मा हुने उपपराष्ट्रपति निर्वाचनमा यादवसहित एमालेबाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धी छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार