वीरगंज। समाजवादी प्रेस संगठन नेपाल मधेश प्रदेश समितिका अध्यक्षले ले जारी गरेको विज्ञप्तिमाथि प्रदेश समितिले गम्भिर ध्यानाकर्षण गरेको छ । समितिका सचिव रमेश सुवेदीले आज सोमबार एक विज्ञप्ति जारी गरि अध्यक्ष प्रवीण साहले मिति २०७९/११/२८ गते जारी गरेको विज्ञप्तिमा संगठनको विधान र मर्म विपरित कार्य गरेको कारण जिल्ला कार्य समितिले निष्काशन गरि सकेको गैर पत्रकारको संरक्षणका लागि जारी गरेको विज्ञप्तिप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
प्रदेश समितिका सचिव सुवेदीद्वारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तिमा मिति २०७९/११/२१ गतेका दिन पत्रकार पत्रकारबीच भएको विवादको विषय जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी नायब उपरीक्षक दिपक गिरी, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी सहित एक दर्जन भन्दा बढि पत्रकारहरुको उपस्थितिमा मौखिक रुपमा सहमति भई विवाद सल्टि सकेको अवस्थामा अन्यत्रबाट संचालित भएर पुनः एक सप्ताहपछि उजरी दिने कार्य गरेको र त्यसको समर्थमा संगठनका प्रदेश समितिका अध्यक्ष प्रवीण साहले हचुवाको भरमा कसैसँग सल्लाह नै नगरी संगठनबाट निष्काशन गरि सकिएको व्यक्तिको संरक्षणको लागि विज्ञप्ति जारी गरेकोप्रति हाम्रो घोर आपत्ति छ भन्ने उल्लेख गरिएको छ ।
उक्त विज्ञप्तिमा संगठनका केही व्यक्तिले आफ्नो राजनीति स्वार्थ सिद्ध गर्ने उद्देश्यले संगठनलाई नै भाँडभैलो मच्चाउने गरि केही कथित व्यक्तिलाई प्रयोग गरि संगठनलाई नै प्रयोग गरिएको हाम्रो ठहर छ भन्ने उल्लेख गरिएको छ । संगठन पर्साका अध्यक्ष मनोज पटेल, उपाध्यक्ष शम्भु कुमार सुमन, कोषाध्यक्ष हरिशंकर शर्मा लगायतका पत्रकारहरु संलग्न रहेको विषय मौखिक रुपमा समाधान गरि सकिएको अवस्थामा त्यही विषयलाई लिएर संगठनको प्रदेश समिति एवम् पदाधिकारीहरुबीच पनि कुनै किसिमको राय सल्लाह नै नगरी अध्यक्ष साहले विज्ञप्ती जारी गरेकोले त्यो कुनै संगठनको धारणा वा मांग नभएर सिंगो व्यक्तिको धारणा रहेको जानकारी गराइएको छ ।
साथै अभद्र व्यवहार भएको भनिएको व्यक्ति दिपक चौरसियाको आचारणको बारेमा सबैलाई थाहा भएकै कुरा भएकोले थप भन्नु नपर्ने र त्यस्तै आचरण र व्यहारकै कारण उनलाई संगठनको जिल्ला कार्य समितिले साधारण सदस्य समेत नरहने गरि निस्कासन गरिसकेको प्रदेश समितिलाई जानकारी रहेको अवस्थामा अध्यक्ष साहले निकालेको विज्ञप्तिले सिंगो संगठनप्रति नै आँच पुग्ने कार्य भएको हाम्रो बुझाई रहेको सचिव सुवेदीको भनाई छ । तसर्थ पत्रकार पत्रकारबीचको विवादलाई आपसी समझदारी सुलझाउन विज्ञप्ति मार्फत सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ।

चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend