Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • देव गुरुङ भन्छन्– एमालेकै कारण अब शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो


    आइतबार, फाल्गुन २८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाट टुंग्याउनुपर्ने बताएका छन् ।

    आज माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै रेगुलर कोर्टमा मुद्दा पुगेपछि बृहत शान्ति सम्झौता भंग हुने चिन्ता बढेको दाबी गरे ।

    उनले भने, ‘संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाहरुको बारेमा जसरी छलफल चलिरहेको छ । शान्ति प्रक्रियाभन्दा फरक ढंगले संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ । अहिले क्षेत्राधिकारभन्दा फरक ढंगले जान खोजिएकाले कतै शान्ति प्रक्रिया उल्टिने त होइन भन्ने चित्ता प्रकट भएको छ । यो विषयमा हाम्रो ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँमा भएका छौं । शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार