Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विद्यार्थीहरूले गरे आरआर क्याम्पसमा तालाबन्दी


    शनिबार, फाल्गुन २७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। स्ववियु निर्वाचनको तयारीमा जुटेका विद्यार्थी संगठनहरूले रत्न राज्य लक्ष्मी क्याम्पसमा तालाबन्दी गरेका छन् । स्ववियुविरुद्ध षड्यन्त्रपूर्ण हर्कत चलिरहेको आरोप लगाउँदै विद्यार्थीहरूले तालाबन्दी गरेका हुन् ।

    २६ फागुनमा अनलाइनमार्फत सार्वजनिक गरिएको मतदाता नामावलीलाई व्यापक रूपले हेरफेर गर्ने कार्यमा क्याम्पस प्रशासन र निर्वाचन समिति संलग्न भएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । कुनै एउटा संगठनलाई फाइदा पुग्नेगरी गतिविधि भइरहेको भन्दै विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका छन् ।

    विद्यार्थीको नाम थपघट गरिएकाले निष्पक्षा छानविन नभएसम्म तालाबन्दी जारी नै रहने उनीहरूको चेतावनी छ ।

    नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, अरेरा स्ववियू क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियनले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार