काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे बहराइन प्रस्थान गरेका छन्। अन्तरव्यवस्थापिका संघको १४६ औं महासभामा सहभागी हुन ९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आज साँझ ७ बजे बहराइन प्रस्थान गरेका हुन् ।
फ्लाइ दुबईको एफजेड ५७६ उडानबाट प्रतिनिधिमण्डलमा सांसदहरु रमेश लेखक, हितराज पाण्डे र सन्तोष परियार, राष्ट्रिय सभाका सदस्इ ईन्दु कडरिया, संघीय संसदका महासचिव डा। भरतराज गौतम, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, सभामुखका स्वकीय सचिव तेजप्रकाश र संघीय सचिवालयका शाखा अधिकृत राजन घिमिरे बहराइन गएका हुन् ।
सभामुख घिमिरेले ‘प्रोमोटिङ पिशफुल कोएक्जिस्टेन्स एण्ड इन्क्लुसिभ सोसाइटीजः फाइटिङ इन्टोलेरेन्स’ विषयको जेनरल डिबेटमा संसदको तर्फबाट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहेको संद्धीय संसदका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिएका छन् ।
टोलीले फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिनेछ । सभामुखमा निर्वाचित भएपछि उनको पहिलो विदेश भ्रमण हो ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend