काठमाडौँ। जनमत पार्टीले उपराष्ट्रपति पदमा आफ्नो दाबी गरेको छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सारेको छ ।
सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको उपाध्यक्ष दिलीप साहले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार सूचना जारी गरेर चैत ३ गते निर्वाचन गर्ने तयारी भएको जानकारी दिएको हो ।
आयोगले फागुन २७ गते बिहान ९ बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने समय तोकेको छ । २ देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने र ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय दिइएको छ ।
यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको थियो । यस्तै जसपाले पनि उम्मेदवारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेदवार तय गरिने बताइएको छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले केही समयभित्रै मुलुकमा फेरि नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गरेका छन्। शनिबार पार्टी केन्द्रीय...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend