Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आज सुन-चाँदीको मूल्य


    शुक्रबार, फाल्गुन २६ २०७९
    3.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेर कारोबार भइरहेको छ।

    अघिल्लो दिन बिहीबार प्रतितोला पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज भने बढेको हो। सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    हिजो बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १ हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ५०० रुपैयाँमा कारोबार भएको थियो।

    यस्तै, आज चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार २२० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार २२० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार