Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • ब्राजिलमा कोरोना भाइरसबाट १ लाख १३ हजारभन्दा बढीको मृत्यु


    शनिबार, भाद्र ६ २०७७
    900
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो । त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो । यहाँ अघिल्लो दिनको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ ।

    प्राप्त समाचारमा अघिल्लो दिन ४५ हजार जनामा सङ्क्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो । अहिलेसम्म यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा  बढी नागरिक भने निको भएर घर फर्र्किएका छन् । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ ।

    यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ब्रालिज अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका  करिब  ५८ लाख मानिस सङ्क्रमित पाइएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार