Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • चीन र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता


    शनिबार, भाद्र ६ २०७७
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी। चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ ।  उक्त पत्रिकाका अनुसार उनीहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो । 

    पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा छन् । उनी चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहेकाे पनि सो पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार नीहाँहरुबीच कोरोना भाइरस महामारीका अतिरिक्त चीन पाकिस्तान द्धिपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ । 

    चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्धिपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन गएका हुन्। उनीहरुबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्धिपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत भएकाे बताइएकाे छ।

    उनीहरुबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार