लहान । तीन दिनअघि मृत्यु भएका सिरहाका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । भदौ ३ मा मृत्यु कएका ती पुरुषको पीसीआर परीक्षणका क्रममा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जानकारी दिएको छ । भदौ ३ मा मृत्यु भएका मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा शुक्रबार राति कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
मृतककोे भदौ २ गते गाउँमै स्वाब संकलन गरिएको थियो । उनी मधुमेह र उच्च रक्तचापका बिरामी थिए । यससँगै सिरहमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।