Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने


    आइतबार, फाल्गुन २१ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज आइतबार विश्वासको मत लिँदै छन्। नागरिक उन्मुक्ति पार्टीले पनि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने भएको छ ।

    नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहले प्रदेशसभाको केहीबेरमा बस्ने बैठकमा विश्वासको मत माग्दैछन् ।

    त्यसअघि बसेको नागरिक उन्मुक्तिको बैठकले विश्वासको मत दिने निर्णय गरेको संसदीय दलका नेता रामेश्वर चौधरीले जानकारी दिए ।

    शाहलाई माओवादी केन्द्रले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार