Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • खोलाले बगाएर एक बालिकाको मृत्यु


    शनिबार, भाद्र ६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सांकेतिक तस्वीर 

    चितवन  । राप्ती नगरपालिका वडा नं १३ कान्दामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान निवासी १२ वर्षीया सम्झना चेपाङ्ग रहेकी छन् । राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार आमा छोरी मकै भाँच्न जाँदा छोरीलाई खोलाले बगाएको हो ।

    खोलाले चेपाङ्गलाई शुक्रबार दिउँसो बगाए र राति अबेर उनको शव भेटिएको बरालले जानकारी दिनुभयो । घटना स्थलमा आज प्रहरी जाँदै गरेको उहाँले बताउनुभयो । चितवन र धादिङको सिमानामा पर्ने सो ठाउँ भण्डारादेखि उत्तरमा पर्दछ । उक्त स्थामान पुग्न सडक अफ्ठ्यारो रहेको छ । बाटो बिग्रेका कारण गाडी नचल्दा पैदलै जानुपर्ने भएकाले समय लाग्ने प्रहरीले जनाएको छ ।  रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार