काठमाडौं । तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले एउटा कार्यक्रमको घोषणा गरेका थिए, ‘गाउँ–गाउँमा सहकारी, घर–घरमा भकारी।’ सरकारबाट १ लाख र गाविसबाट १ लाख अनुदान पाउने आसमा त्यस बेलाका प्रत्येक गाविसमा उपभोक्ता सहकारी गठन गरे। गोरखामा पनि २०६५ सालमा साबिक ५९ गाविसमा सहकारी गठन भएका थिए। माओवादी कार्यकर्ता मात्र आबद्ध ती संस्थामध्ये पाँचवटा बाहेक अरू डुबे।
गोरखामा विभिन्न वर्गका गरी ५ सय ३३ वटा सहकारी रहेको देखिन्छ। पालिकामा ४ सय ७५ र गण्डकी प्रदेशको सहकारी विभागमा दर्ता भएका ५६ वटा। सहकारीको मूल्यमान्यताअनुसार २ सय ८२ वटा मात्रै अस्तित्वमा छन्। २ सय ५१ वटा अस्तित्वमा छैनन्।
‘विभागमा ५६ सहकारी दर्ता भएकामध्ये १६ वटा मात्र नीति, नियम, विधि, विधानअनुसार चलेका छन्’, जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बाबुराम कोइराला भन्छन्, ‘बाँकी ४० वटा मृतप्रायः छन्। जिल्लाको सहकारीको अबस्था हेर्न यही तथ्यांक नै काफी छ।’
सहकारी ऐन २०७४ अद्यावधिक भएपछि सहकारी डिभिजन दमौलीले धार्चे गाउँपालिकालाई नौ संस्थाका फाइल हस्तान्तरण गरेको थियो। तीमध्ये ६ वटा कृषि सहकारी थिए। एउटा बहुउद्देश्यीय र दुइटा बचत तथा ऋण थिए। यही वर्ष एउटा बहुउद्देश्यीय सहकारी संस्था दर्ता भएको छ। ती १० मध्ये सबैभन्दा कान्छोे सर्भे सुलभ बहुउद्देश्यीय सहकारी संस्था मात्र जीवित छ। नौवटा अस्तित्वमा नरहेको गाउँपालिकाको सहकारी शाखाको अभिलेखले देखाउँछ। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
शिवकुमार थापा काठमाडौं । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको महाबिनासकारी बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर लगायतका सडकमार्ग अवरुद्ध भएपछि ग्यास उद्योगीहरूले मौका छोपेर प्रतिसिलिन्डर...
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend