Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कपन भिलेज रिसोर्ट क्वारेन्टाइनका लागि दिने घोषणा


    मंगलबार, चैत्र ११ २०७६
    845
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, ११ चैत । कोरोना भाइसरको संक्रमणको जोखिम बढेपछि सरकारले मंगलबारबाट एकसाताका लागि देशमा ‘लकडाउन’ घोषणा गरेको छ । होटल, कलेजहरुलाई सरकारले आवश्यक परेको खण्डमा क्वारेन्टाइन बनाउने भएको छ । 

    सरकारको घोषणा अनुसार काठमाडौंको बुढानीलकन्ठ नगरपालिका ११ मा अवस्थित कपन भिलेज रिसोर्टले पनि आफ्नो ११ रोपनी जग्गासहितको भवन क्वारेन्टाइनका लागि उपलब्ध गराउने भएको छ । कपन भिलेज रिसोर्टका अध्यक्ष आनन्द ढकालले भन्नुभयो–कपन भिलेज रिसोर्ट क्वारेन्टाइन बनाउन दिन तयार छौं ।

     
    ढकालका अनुसार रिसोर्ट एकान्त ठाउँमा छ । रिसोर्टसँगै हेलिप्याड पनि छ । बुढानीलकन्ठ नगरपालिकाले आवश्यकता परे उक्त जग्गामा टेन्ट राखेर क्यारेन्टाइन बनाउन सक्छ । रिसोर्टका कोठाहरुमात्र होइन, टेन्ट राखेर पनि उक्त एकान्त र खुल्ला जग्गा उपयोग गर्न हामी दिन तयार छौं । कोरोना भाइरस संक्रमण रोक्नका लागि सरकारलाई सहयोग गर्न  तयार छौं । 

    गोकर्णको शहीदपार्कसँगै शान्त वातावरणमा ११ रोपनी क्षेत्रफलमा कपन भिलेज रिसोर्ट अवस्थित छ ।काठमार्डौंको घनावस्तीका बीचमा रहेका होटलहरुभन्दा एकान्त र बस्ती नै नभएको कपन भिलेज रिसोर्ट क्वारेन्टाइनका लागि उपयुक्त हुने देखिन्छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार