Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • मृत्युपछि बृद्धमा देखियो कोरोना संक्रमण


    शनिबार, भाद्र ६ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । पूर्व संचारमन्त्री मोहनबहादुर बस्नेतका ८४ बर्षीय पितामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । चितवनका एक बृद्धमा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक बृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको थियो ।

    उपचारका लागि आए लगत्तै उनको स्वाब संकलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उनमा पोजेटिभ देखिएको छ । भरतपुर कोभिड ल्यावमा शुक्रबार राति गरिएको भेरिफिकेसन परीक्षणमा समेत उनको रिपोर्ट पोजेटिभ आएको छ ।

    चितवन मेडिकल कलेजको ल्याब हालै मात्रै स्थापना गरिएकाले त्यसको विश्वसनीयता परीक्षण गर्न रिपोर्ट सार्वजनिक गरिएको थिएन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार