काठमाडौं। पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नकारात्मक सोच भएका र कुण्ठाग्रस्त समूहविरुद्ध एक्लै भए पनि विचार भने प्रवाह गरिरहनु पर्ने दाबी गरेका छन् ।
एमालेनिकट बुद्धिजिवी परिषद्काे केन्द्रीय समिति बैठकलाई आज शनिबार सम्बोधन गर्दै अध्यक्ष ओलीले विरोधी जमातले संगठित र सक्रिय ढंगले सामाजिक संजालबाट एकैपटक आक्रमण गर्न सक्ने भए पनि त्यसबाट आत्तिन नहुने बताए ।
साथै ओलीले भने- सयजना विरोधीले एकैपटक आक्रमण गरे भने नआत्तिनुस्,तपाईको विचारबाट उनीहरु तर्सिए,आत्तिए र एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय भएका हुन् । नकारात्मक टिप्पणीको बाढी आउनु भनेको तपाईंका विचारसँग आत्तिएर उनीहरु खनिएका हुन् ।
उनीहरुले तपाईंको विचारलाई इग्नोर गर्न सक्थे तर तपाईको प्रस्तुति यति प्रभावकारी छ कि उनीहरुले इग्नोर गर्न सक्दैनन् र संगठित ढंगले हमला गर्छन् ।
ओलीले आजको सोसल मिडिया र आर्टिफिसियल इन्टेलिजेन्सलाई प्रयोग गरेर बौद्धिक जगतमा हाबी हुन बुद्धिजिवीहरुलाई आग्रह गरे । उनले थोरै भए पनि सकारात्मक कमेन्ट आए भने पनि ठिक हुने भन्दै एमालेनिकट बुद्धिजिवीहरु संगठित ढंगले प्रतिवादमा नउत्रिएका कारण संजाल र मिडियामा नकारात्मक विचार राख्ने समूह हाबी भएको बताए ।
ओलीले भने- पढ्ने कुराबाट ज्ञान आर्जन हुन्छ,लेख्ने कुराबाट ज्ञान व्यवस्थित हुन्छ । त्यसैले तपाईहरु लेख्न थाल्नुस् । तपाई हाम्रा विचारबाट उनीहरु आत्तिनुपर्छ । हाम्रा विचारबाट उनीहरुले खतरा महशुस गर्नुपर्छ । विपक्षीलाई खतरा महसुस हुनु,उल्टो विचार र बुद्धि भएकालाई खतरा पैदा हुनु स्वभाविक हो । उनीहरुले हाम्राविरुद्ध जति नकारात्मक कमेन्ट गर्छन् त्यो भनेको उनीहरुलाई खतरा भएर गरेका हुन् । हामीले त्यो खतरालाई सक्रियतापूर्वक बृद्धि गरिदिनुपर्छ । माओवादी युद्धकालमा पनि शालिक ढले,शास्त्र जले तर विचार ढलेन । हामी त्यस्तै विचार बोक्ने शक्ति हौं ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend