Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापा भन्छन्- प्रचण्डलाई ५ वर्ष प्रधानमन्त्री र माधवलाई पार्टी अध्यक्ष बनाउन एमाले तयार थियो


    शुक्रबार, फाल्गुन १९ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भावी राष्ट्रपतिमा रामचन्द्र पौडेललाई राष्ट्रपति जिताउन वागमतीका गठबन्धनका सांसदहरूलाई ८ दलको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेसँग मिल्ने कुरा अहिलेसम्म कुनै प्रसंगमा पनि प्रवेश नगराएको बताएका छन् ।

    उनले पाँचवर्ष अहिले भएको सहमति कार्यान्वयन हुने बताए ।

    राष्ट्रपतिको चुनावपछि कांग्रेस नेतृत्वको सरकार बन्ने चर्चा चलिरहेको बेलामा उनले एमालेलाई लक्षित गर्दै भने, ‘यो पाँचवर्ष सहमति कार्यान्वयनका सबैभन्दा ठुलो दलको हैसियतले कांग्रेस लाग्छ । यो राजनीतिक इमानदारिताको कुरा पनि हुन्छ । त्यसैले कांग्रेससँग कोही चकचक गर्न नआए हुन्छ । चल्न नआए हुन्छ । पाँचवर्ष सहमति अनुसार कहि कतै अल्मलाउन नआए हुन्छ ।’

    उनले चुनावपछि पाँच दलीय गठबन्धन टुट्नुमा ठूलो दल भएको हैसियतले सबैभन्दा धेरै जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताए ।
    उनले भने, ‘अहिले हामी त्यो गल्ती सच्चाएर एकैठाउँमा उभिएका छौं । त्यसैले गर्दा अहिले हाम्रो नेता कार्यकर्ता सबै खुसी हुनुहुन्छ । अहिले जे भइरहेको छ त्यसमा सन्तोष मानेर यो गठबन्धनलाई बचाउनुपर्छ ।’

    उनले प्रचण्डलाई प्रधानमन्त्री बन्ने कुरा ठुलो नभएकै कारणले अहिले एकैठाउँमा उभिन सकेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार