Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राप्रपाले आगामी कार्यक्रमको खाका बनाउन गठन गर्यो समिति


    बिहिबार, फाल्गुन १८ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले दुई महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरुको समस्या समाधानबारे छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्नेगरी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरन्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार