काठमाडौं । पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा नेकपा एमालेलाई सहयोग गर्न नसक्ने जवाफ एमाले नेताहरुलाई दिएको छ ।
आज बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए ।
उक्त भेटघाटबारे जानकारी गराउँदै एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमाले नेताहरुले मत मागेको र अध्यक्ष नेपालले धन्यावाद दिएको बताए ।
‘उहाँहरुले राष्ट्रपति चुनावमा आफ्ना उम्मेदवारलाई मतदान गर्नका निम्ति आग्रह गर्नुभएको छ,’ उनले भने, ‘हाम्रो तर्फबाट पार्टी अध्यक्षले आफ्ना धारणा राख्दै मत माग्न आउनुभयो, सौहाद्र्धपूर्ण सम्बन्ध विकास गर्ने आधार सिर्जना गर्नुभयो, तपाईंहरुलाई धेरै धन्यवाद भन्नुभयो ।’
खतिवडाले राष्ट्रपतिका अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक र सर्मथक भएकाले सहयोग गर्न सकिने अवस्था नरहेको जानकारी एमाले नेताहरुलाई गराएको बताए ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज...
झापा । चाडपर्वका बेला जङ्गली हात्तीबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण झापाले हात्ती प्रभावित क्षेत्रमा...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend