काठमाडौं । सल्यान कारागारका कैदीबन्दी स्वरोजगार बन्ने क्रममा छन् । विभिन्न कसुरमा जेल सजाय काटिरहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी गर्ने बाटो अवलम्बन गरेका हुन् ।
कैदीबन्दीले कारागारभित्रै मुडा, टोपी, स्वेटर बुनेर आम्दानी गर्दै आएका छन् । कारागारमा बस्दा यत्तिकै जाने समयको सदुपयोग गर्दै रोजगारमूलक काममा लागेको कैदीबन्दी प्रेम ओलीले बताए । उनले भने‚ ‘कारागारमा यत्तिकै दिन कटाउन गाह्रो हुन्छ । मुडा बुन्ने कामले दिन काट्ने वातावरण बनेको छ ।’
आकारअनुसार ५ सयदेखि ७ सयसम्म मुडा बिक्री हुँदै आइरहेको कमलराज खत्रीले बताए । एउटा टोपी ४ सय रूपैयाँमा बिक्री गर्ने गरेको उनको भनाई छ । कारागारमा बुनेका सामान गुणस्तरीय र टिकाउ हुने भएपछि बजारको मागअनुसार पुर्याउन गाह्रो भएको उनले बताए।
‘एउटा मुडाबाट २ देखि ३ सयसम्म आम्दानी हुन्छ‚’ उनले भने‚ ‘जेलभित्र खाली बस्नुभन्दा शिप सिकेर मासिक ३ देखि ४ हजारसम्म आम्दानी हुँदै आइरहेको छ।’ कारागार निकै जीर्ण र साँघुरो हुँदा काम गर्न समस्या हुने गरेको उनको भनाई छ।
कारागारलाई सजाय काट्ने स्थलसँगै शिप सिक्ने स्थलका रुपमा विकास गर्ने उद्देश्यअनुसार नै कैदीबन्दीलाई शिपमूलक तालिम प्रदान गर्दै आइरहेको सल्यान कारागारका प्रशासन प्रमुख राजन कँडेलले बताए ।
‘लामो समय कारागारमा बसेकालाई समाजमा फर्कउँदा कुनै पनि काम गर्न सहज होस् भन्ने उद्देश्य हामीले लिएका छौं‚’ उनले भने । यसबाट उनीहरुलाई कैद भुक्तान गरी घर फर्कंदा समाजमा पुनःस्थापना हुन सहज हुने कँडेलको भनाई छ ।
कारागारमा १५ महिला र १२० पुरुष गरी १३५ कैदीबन्दी रहेका छन् । आमाको संरक्षणमा ३ बालबालिका रहेका छन् ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend