Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी


    आइतबार, माघ २१ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । महोत्तरी जिल्ला सदर मुकाम जलेश्वरस्थित कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिएका छन् । जलेश्वर नगरपालिकाको-१ स्थित सो कारागारमा दुई सय कैदीबन्दी राख्ने क्षमता भएपनि छ सय दुई राखिएका हुन् ।

    सोही कारण कारागारभित्रका कैदीबन्दीमा विभिन्न समस्या उत्पन्न हुन थालेको जलेश्वर कारागार कार्यालय महोत्तरीले जनाएको छ । विसं १९१३ मा एक बिघा क्षेत्रफलमा निर्माण भएको दशकौँ पुराना सो कारागारको भौतिक संरचना पनि जीर्ण बनेको जनाइएको छ । सो कारागारमा हाल ३८ भारतीयसहित छ सय दुई कैदीबन्दी बस्दै आएको बताइएको छ ।

    लामो समयदेखि मर्मतसम्भार नहुँदा कारागारमा वर्षाका समयमा पानी चुहिने, गर्मीको समयमा अत्यधिक गर्मी हुने र जाडोको बेला अत्यधिक जाडो भएर कैदीबन्दीको बसाइ कष्टकर हुने गरेको जनाइएको छ । अहिले कैदीबन्दीलाई सुत्ने, बस्ने, खाने तथा शौचालय र पानीको समेत समस्या हुन थालेको एक चौकीदारले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार