काठमाडौं । काठमाडौँ महानगरपालिकाले करिब ५ करोड रुपियाँ खर्चेर दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने भएको छ। महानगरले दरबारमार्गमा हालको साइड ड्रेन, फुटपाथ, पुनःनिर्माण गर्नेभएको छ ।
सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले कामपाले एक साताअघि फागुन ८ गते पहिलो चरणको टेन्डर आहृवान गरेको नेपाल समाचारपत्रलाई बताए । उनका अनुसार करिब ६ महिना अघिदेखि दरबारमार्गलाई कसरी सौन्दर्यीकरण गर्न सकिन्छ भनी अध्ययन शुरूगरेको थियो। सबै सरोकारवालासँगको छलफलपछि करिब एक महिनाअघि दरबारमार्गको किडी नक्सा तयार भएको थियो।
करिब एक वर्ष अवधिमा निर्माण र सौन्दर्यीकरण गर्ने काम पूरा गर्ने जिकिर गर्दै कामपाले नामअनुसारको क्षेत्रको व्यवस्थापन गर्ने बताएको छ । यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काष्ठमण्डपको आकृतिसहितको रेलिङ निर्माण गरिसकेको छ।
विभागीय निर्देशक थापाले भने, नयाँ ढल, बाटो, फुटपाथ अपग्रेडिङ, सडकबत्ती जडान, ल्वमा बत्ती राख्ने, बाटोको दुवै साइडमा लाइटिङ जडान गर्ने, गमला सजावट, मौसमअनुसारको फूल, गार्डेनिङ, ग्रेनाइट बिच्छाउने, अन्डर ग्राउन्ड पार्किङलगायत सबै संरचना परिवर्तन गरी नयाँ स्वरूपको दरबारमार्ग बनाउने तयारीमा लागेका छौं । टेन्डर प्रक्रिया पूरा गर्न करिब ३ महिना लाग्नेछ ।
महानगरले छुटपाथमा बटुवा र पर्यटक बस्न मिल्ने गरी छुट्टै संरचना बनाउने भएको छ। संघीय राजधानीका मुख्य रूपमा रहेको व्यापारिक क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा यसअघि राजधानीको बागबजार, पुतलीसडक, बानेश्वर, माइतीघरदेखि कोटेश्वर, सिनामंगलदेखि त्रिभुवन अन्तर राष्ट्रिय विमानस्थल सडकसम्म सौन्दर्यीकरण गरिसकेको छ।
दरबारमार्गको भने बेग्लै किसिमको सजावट गर्न लागिएको छ। सो क्षेत्रमा प्रविधिमैत्री फुटपाथ निर्माण, डिस्प्ले बोर्ड, कारोपण गर्नेलगायतका योजना रहेको छ। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend