Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुर्गा प्रसाईलाई पार्टीबाट निष्काशन गरेर कारबाही गर्न केन्द्रमा सिफारिस


    शनिबार, फाल्गुन ६ २०७९
    2.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। केपी शर्मा ओली नेतृत्त्वको नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाहीको लागि र पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।

    आज शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरिएको हो।

    केही समयदेखि एमाले विरोधी गतिविधि गर्दै आएका प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको गौतमले जानकारी दिए।

    एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी विवादमा तानिएका हुन् ।

    मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका थिए। साथै एमालेमा बसेर राजतन्त्रको वकालत गर्नु कसैलाई छुट नभएको एमाले प्रदेश १ कमिटीका इन्चार्ज राजेन्द्र गौतमले बताए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार