Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं उपत्यकामा थपिए १ सय १९ कोरोना संक्रमित


    शुक्रबार, साउन ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उत्यकामा एकैदिन १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकामा १ सय १९ जनामा संक्रमण पुष्टि भएको जनाए।

    संक्रमितमध्ये काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जना छन्। उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो।

    आजैमात्र कोरोनाका ५ सय ९४ संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ। 

    त्यस्तै, ९९ जनाको कोरोना संक्रमणपछि मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार