काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानको लागि कार्यदल गठन गरिएको छ । शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठन भएको सो कार्यदलमा पनि भागबण्डा रहेको छ ।
कार्यदलमा प्रतिनिधित्व गर्ने महासचिव पौडेल र सदस्य शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीनिकट हुन् । यस्तै सदस्यद्वय पम्फा भुसाल र जनार्दन शर्मा भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् । कार्यदलको भागबण्डमा वरिष्ठ नेता माधवकुमार नेपालले पनि भाग पाएका छन् । नेता भीम रावल र सुरेन्द्र पाण्डे दुबैजना नेता नेपालनिकट मानिन्छन् ।
पछिल्लो समय दुई अध्यक्षबीचको सहमति र पार्टी सचिवालयबाट मात्रै सबै विवाद समाधान गर्नुपर्ने अडानबाट प्रम ओली हटेका हुन् । यस्तै प्रचण्ड पनि स्थायी समिति बैठकबाट निर्णय हुनुपर्ने अडानबाट पछि हटेका छन् ।
गठित कार्यदलले विवाद समाधानको लागि सिफारिस गर्ने बताइएको छ । कार्यदलको सिफारिस दुबै अध्यक्षले मान्ने सहमति समेत भएको छ ।
अहिलेसम्म दुई अध्यक्षबीच चैतमा पार्टी एकता महाधिवेशन गर्ने, ओली ५ वर्ष नै प्रधानमन्त्री रहने, महाधिवेशनसम्म प्रचण्डले पार्टीका काम कार्यकारी अधिकारसहित सम्हाल्ने, महाधिवेशनपछि ओलीले पार्टी अध्यक्ष छाड्ने, वैचारिक विषय सहमतिमा टुंग्याउने लगायतमा मौखिक सहमति भैसकेको नेकपा स्रोतले नेपाल फेसलाई बताएको छ। गठित कार्यदलले यिनै विषयलाई लिखित रुप दिने ती स्रोतको दावी छ ।
ओलीले बिहीबारको छलफलमा यी सबैलाई लिखित रुप दिन कार्यदल पनि बनाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावबारे अरु नेतारुसँग छलफल गरेर जवाफ दिने बताएका थिए ।
बिहीबार नै प्रचण्ड यो प्रस्ताव बारे माधव नेपाल लगायतका नेतालाई ब्रिफिङ गरेका थिए । कार्यदलका सदस्यमा प्रचण्डको प्रस्ताव प्रम ओलीले मानेसँगै यसको गठनमा सहमति भएको हो ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend