Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण विश्वभर साढे ७ लाखले ज्यान गुमाए, निको भए १ करोड ३९ लाख


    शुक्रबार, साउन ३० २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या साढे ७ लाख नाघेको छ । २ करोड १० लाख जनामा कोरोना पुष्टि भएकोमा ७ लाख ५७ हजारभन्दा धेरैको ज्यान गएको छ । 

    कोरोनाको तथ्यांक अनुसार विश्वभर एक करोड ३९ लाख भने उपचारपछि निको भएका छन् । अहिले आइसोलेशनमा रहेका ६३ लाख ९० हजारमध्ये एक प्रतिशत अर्थात साढे ६४ हजारको अवस्था जटिल रहेको र बाँकी ६३ लाख २६ हजारको अवस्था सामान्य छ । 

    सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा ५४ लाखभन्दा धेरैमा कोरोना पुष्टि हुँदा १ लाख ७० हजारको ज्यान गएको छ । यस्तै ब्राजिलमा ३२ लाख २९ हजारमा संक्रमण पुष्टि हुँदा १ लाख ५ हजारको ज्यान गएको र संक्रमितका हिसाबले धेरै भएका भारतमा २४ लाख ६१ हजारमा कोरोना पुष्टि भएको र ४८ हजारको ज्यान गएको छ ।

    ज्यान गुमाउनेको हिसावले भारत चौथाे स्थानमा छ । ५५ हजारभन्दा धेरैको ज्यान गएको मेक्सिकोमा ज्यान गुमाउनेको संख्या धेरै हुने देशको सूचीमा तेस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार