Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित बढेसँगै भरतपुरमा निषेधाज्ञा जारी


    शुक्रबार, साउन ३० २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्ला दिनहरुमा चितवनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फेलिएको छ । योसँगै भरतपुर महानगरपालिकाले निषेधाज्ञा जारी गर्ने भएको छ।

    शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बताइन्। उनले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको जानकारी दिइन्।

    आज (शुक्रबार) प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नान्तीराज गुरुङ, उद्योगी व्यवसायीहरूसँग भएको छलफलले एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो।

    चितवनमा सबभन्दा बढी कोरोना संक्रमित भरतपुर महानगरपालिकामा भेटिएका छन्। भरतपुर महानगरभित्र कोरोना भाइरस समुदायस्तरमै फैलिएको आशंका गर्दै निषेधाज्ञा घोषणा गरिएको हो।

    बिहीबार साँझ भरतपुरका नौ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार