मोरङ । कोशी अस्पताल विराटनगरमा कोरोना संक्रमणको लक्षणसहित भर्ना भएका ३० वर्षीय युवाको मृत्यु भएको छ । बिहीबार बिहान अस्पताल भर्ना भएका ती युवाको दिउँसो ४ बजे नै मृत्यु भएको हो ।
बिहीबार नै बेलुका रिपोर्ट आउँदा उनीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइसोलेशनमै रहँदा ज्यान गुमाएका ती युवा विराटनगर महानगरपालिका–१५ घर भएका गुप्ता थरको रहेको बताइएको छ । गत बिहीबार सोही अस्पतालमा सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।
योसँगै विराटनगरभित्र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ