Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बिहीबार थपिए ५ सय २५ कोरोना संक्रमित


    बिहिबार, साउन २९ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा ९ हजार ८ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा ५ सय २५ संक्रमित भेटिएको जानकारी दिए। योसँगै नेपालमा संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुगेको छ।

    बिहीबार कुल १ सय ९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना संक्रमण मुक्त भइ १६ हजार ९ सय ३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    विगत २४ घण्टामा ४ मृतकमा कोरोना पुष्टि भएको गौतमले जानकारी दिए। कोरोनाका कारण हालसम्म मृतकको संख्या ९५ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार