Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • आज प्रदेश-१ मा थपिए ११५ संक्रमित


    बिहिबार, साउन २९ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • विराटनगर । बिहीबार मात्रै प्रदेश १ मा १ सय १५ जना कोरोना संक्रमित थपिएका छन्।  मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४ जना संक्रमित थपिएका हुन्। त्यस्तै झापा र उदयपुरमा १–१, प्रदेश १ बाहिरका जिल्लाका २ जना रहेका छन्।

    मोरङको विराटनगरमा मात्र २२ महिला ३८ पुरुष गरी जम्मा ६० जनामा कोरोना संक्रमण देखिएको छ। त्यस्तै बुढीगंगामा २५ पुरुष, कटहरीमा २ महिला १ पुरुष, सुनसरीको इटहरीमा ३ महिला १० पुरुष, दुहवीमा ३ पुरुष, धरानमा १ महिला र बराहक्षेत्र र राधुनीमा १–१ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

    त्यसैगरी, इलामको सन्दकपुरमा ४ पुरुष, झापाको विर्तामोडमा १ महिला र उदयपुरकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

    यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय २६ पुगेको छ। प्रदेश १ बाट आज २२ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या १ हजार ४० पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार