काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको मृत्युको हल्ला चलेपछि उनका छोरा अभिजितले यसको खण्डन गरेका छन् ।
कोरोना संक्रमणका कारण अस्पतालमा भर्ना भएका मुखर्जीको स्वास्थ्य अवस्था खराब रहेको बताइएको छ । उनको अवस्था बिग्रिएको देखि उनको मृत्युसम्मको हल्ला भारतीय मिडियामा व्याप्त छ।
यस्तोमा प्रणव मुखर्जीका छोरा अभिजितले ट्वीटमार्फत आफ्नो पिताको स्वास्थ्य अवस्था स्थीर रहेको बताएका छन् । उनले भारतीय मिडियासँग आक्रोश पनि पोखेका छन् ।
‘प्रतिष्ठित पत्रकार र सोसल मिडियामा आएका अड्कलबाजी र झूठा समाचारले स्पष्ट रुपमा देखाएको छ कि भारतीय मिडिया झूठा समाचार बनाउने कारखाना बनेको छ,’ अभिजितको ट्वीटमा उल्लेख छ ।
सोमबार मस्तिष्क सर्जरी गरिएका मुखर्जी आरआर अस्पतालमा उपचाररत छन्। हाल मुखर्जी अचेत भएको र उनको भेन्टिलेटरमा उपचार भइरहेको बताइएको छ।