काठमाडौं । अन्योलमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवादमा समाधानको प्रयास फेरि सुरु भएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको सम्वादहिनता तोडिएसँगै समस्या समाधानको प्रयास भएको हो ।
पछिल्लो नौ दिनदेखि फोन मार्फत् वार्ता समेत हुन छाडेपनि बिहीबार भने ओली र प्रचण्डबीच भेट भएको छ । केहीसमय अघि प्रम ओलीसँग छलफल गर्न प्रचण्ड बालुवाटार पुगेका छन् । दुईबीचको छलफल सुरु भैसकेको छ ।
पछिल्लो पटक प्रम ओलीले एकतर्फी रुपमा स्थायी समिति बैठक स्थगित गरेसँगै दुई पक्षबीचको विवाद थप बढेको थियो। त्यसपछि प्रम ओलीका सहयोगी विष्णु पौडेल र सुवास नेम्वाङहरुले प्रचण्डसँग वार्ता गरेपनि कुनै टुंगो लाग्न सकेको थिएन ।
तर बुधबार प्रम ओलीले एक टेलिभिजन अन्तर्वार्तामा नेकपाको विवाद केही दिनमा समाधान हुने ठोकुवा गरेका थिए । उनले पाँच दिनभित्र पार्टी विवाद समाधान हुने दावी गरेका थिए ।
योसँगै सुरु भएको छलफललाई नेकपा वृत्तले चासोको साथ हेरिरहेको छ ।
काठमाडौँ। सरकारले आज अपराह्न ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्न लागेको हो। बैठकमा विभिन्न मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेस भएका...
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend