Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मकवानपुरमा भेटियो वरिष्ठ पत्रकार बानियाँको शव


    बुधबार, साउन २८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो तीन दिनदेखि बेपत्ता कान्तिपुर दैनिकका वरिष्ठ पत्रकार बलराम बानियाँको शव फेला परेको छ।

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले मकवानपुरको सिस्नेरीस्थित बागमती किनारमा उनको शव फेला परेको जानकारी दिएका छन् । 

    बानियाँको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको छ।

    बानियाँलाई अन्तिम पटक बल्खु क्षेत्रमा देखिएको बताइन्छ । सोमबार नै एकजनाले बल्खु पुलबाट हाम फालेका थिए । उनको अहिलेसम्म पहिचान खुलेको छैन। 

    पत्रकार बानियाँ पनि सोही ठाउँमा अन्तिम पटक देखिएका थिए । घटनाबारे प्रहरीले तीव्र रुपमा अनुसन्धान गरिरहेको बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार