काठमाडौँ । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैँकले भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ कायम गरेको छ । त्यसको बिक्री दर भने १६० रूपैयाँ १५ पैसा छ ।
आज अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ २० पैसा र बिक्री दर १३२ रूपैयाँ ८० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ३३ पैसा र बिक्री दर १४०१ रूपैयाँ ९७ पैसा छ।
बेलायती पाउण्ड एकको खरिद दर १६० रूपैयाँ ४८ पैसा र बिक्री दर १६१ रूपैयाँ २१ पैसा कायम गरिएको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १९ पैसा र बिक्री दर ३६ रूपैयाँ ३५ पैसा रहेको राष्ट्र बैँकले बताएको छ ।