Nepal Face
  • मंगलबार, १८ कार्तिक २०८३
  • रसुवा नाकाबाट चीनतर्फको निर्यात शून्य


    बुधबार, साउन २८ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा । रसुवागढी नाका हुँदै चीनतर्फको सामान निर्यात ह्वात्तै घटेको छ । कोरोना भाइरसको संक्रमओसँगै फागुनदेखि असार मसान्तसम्म नेपालबाट चीनमा सामान निर्यात नै हुन सकेको छैन । गत असार २८ गतेदेखि सञ्चालनमा आएको रसुवागढी नाकाबाट अहिले पनि आयात मात्र भइरहेको छ । 

    यस्तै आर्थिक वर्ष २०७६/७७ मा निर्यात निकै कम भएको रसुवा भन्सार कार्यालयले जनाएको छ । आर्थिक वर्ष ७६/७७ मा ७६ करोड २ लाख २३ हजार मूल्य बराबरको सामान मात्र निर्यात भएको कार्यालयको तथ्यांक छ । 

    आर्थिक वर्ष २०७५/७६ मा भने १ अर्ब ३२ करोड ३९ लाख २७ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो । 

    रसुवागढी नाकाबाट गएको साउनमा १५ करोड २ लाख ७५ हजार, भदौमा ११ करोड ६ लाख १ हजार, असोजमा १० करोड ९९ लाख ६१ हजार, कार्तिकमा ११ करोड ९ लाख ९ हजार, मंसिरमा ९ करोड २५ लाख ७४ हजार, १५ करोड ९१ लाख २८ हजार र माघमा २ करोड ६७ लाख ७५ हजार मूल्य बराबरको सामान निर्यात भएको कार्यालयले जनाएको छ ।

    रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ भने नेपालबाट बाँसको मुडा, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार